Login

Lost your password?
Don't have an account? Sign Up

शिक्षण सिकाई नीति

नमस्ते एकेडेमीमा विभिन्न विद्यार्थीहरुले विभिन्न तरिकाबाट सिक्दछन् भन्ने कुरामा हामी सजग छौँ । त्यसैले उनीहरुलाई सिकाइका विविध तरिकाहरु प्रस्ताव गर्न प्रयासरत छौँ । हाम्रो यो सोँच एउटा तथ्यद्धारा निर्देशित छ त्यो हो प्रत्येक पाठ शिक्षक केन्द्रित नभइ विद्यार्थी केन्द्रित हुनुपर्छ ।
हामी, विद्यार्थीहरु शिक्षकहरुको स्नेहको कारणले विषयवस्तुहरुप्रति उत्प्रेरित होऊन् जसले गर्दा उनीहरु आफैले केही अनुसन्धान गर्न सकून् र स्वतन्त्र रुपमा आफ्नो प्रगतिप्रति जिम्मेवार होऊन् भन्ने विश्वास क्गर्दछौँ । त्यसको निम्ति इन्टरनेट, पुस्तकहरु र पत्रपत्रिकाहरुको पहुँच आवश्यक पर्दछ तसर्थ चुस्त इन्टरनेट अध्यावधिक गरिएका सफ्टवेयरहरु पुस्तक तथा उपकरणहरुद्धारा सुसज्जित पुस्तकालय र प्रयोगशाला जस्ता सुविधाहरु स्थापित गर्न नमस्ते एकेडेमी प्रयत्नशील छ ।
शिक्षण सिकाइमा दिइएको यो विशेष जोडको अर्थ शिक्षकहरु प्रशिक्षक भन्दा पथप्रदर्शक बनून्, निर्देशन दिनुभन्दा सहयोगी बनून् र कक्षामा भाषणको माध्यमबाट नभइ विविध विधिको माध्यमबाट अर्ध निन्द्रामा पुगेका विद्यार्थीमा पाठप्रति रुची जगाउन सकून् भन्ने हो अर्को शब्दमा भन्नुपर्दा विद्यार्थीहरुले एकआपसमा, शिक्षक तथा कर्मचारीहरुसँग अन्तरक्रिया गरेर उत्तम कुराहरु सिक्न सक्नेछन् । जसले गर्दा विद्यार्थीहरुले शिक्षकको व्याख्याहरुमात्र सुन्दैनन् बरु कक्षाकोठामा मुख्य अवधारणाहरुको आफ्नै बुझाइ प्रस्तुत गर्न सक्दछन् । निसन्देह, उनीहरुले नबुझेको वा गल्ती गरेको अवस्थाको निम्ति शिक्षकहरु सदा उनीहरुको साथमा हुनेछन् । यद्यपि उनीहरु अन्वेषण गर्न तथा सहपाठीहरुलाई सहयोग गर्ने कार्यमा सक्रियरुपमा सहभागी छन्भने अझ राम्र्ोसँग सिक्दछन् । यदि उनीहरु निष्क्रिय रुपमा शिक्षकको सन्देशमात्र ग्रहण गरिरहेका छन्भने तुलनात्मक रुपमा थोरै सिक्दछन् ।
विद्यार्थीहरुलाई आफ्नो सिकाइप्रति आफै पहल गनर्, प्रोत्साहित गर्न हामी उनीहरुको बुझाइको हाम्रा प्रयोगशालाहरुमा अभ्यास र मूल्याङकन गर्दछौँ । धेरै विद्यार्थीहरुका लागि पाठ्यपुस्तकमा भएको अपारदर्शी सिद्धान्तले अचानक अर्थ दिन थाल्छ जव उनीहरुले त्यसमा प्रयोग गरी प्रकाश पार्दछन् । संक्षिप्तमा उनीहरु केवल पढेर र सुनेर नभइ गरेर सिक्दछन् ।
सिकाइको यो दृष्टिकोण, गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी जस्ता परम्परागत विद्यालय विषयहरुमा मात्र नभइ खेल, कलाको प्रस्तुतीकरण, चित्रकला, नृत्य, सङ्गीत, नाटक तथा हस्त शिल्पहरुमा समेत लागु हुन्छ । केही विद्यार्थीहरुले यी गतिविधिहरुमा भाग लिन चासो दिदैनन् तर हेरेर प्रशंसा गर्न रुचाउछन् । जसले रुची राख्छन् र सहभागी हुन्छन् उनीहरुको लागि उत्कृष्ट खेलाडी वा कलाकार बन्ने अवसर प्राप्त हुन्छ ।
व्यवस्थापन अध्यनको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ । मानव संसाधन, व्यवस्थापन, लेखा सम्बन्धि सिद्धान्तहरु मात्र सिक्नुको सट्टा हामी हाम्रा विद्यार्थीहरुलाई आफ्नै व्यवसाय चलाएर ती ज्ञानहरु दैनिक जीवनमा लागु गर्ने अवसर दिन्छौँ । यसरी उनीहरुले प्रस्तुतीकरण, समूह कार्य र आफ्ना खाताहरुको लेखाजोखा गर्न सिक्दछन् जुन कुराको निगरानी हाम्रा सामाजिक अध्यन शिक्षकहरुद्धारा गरिने छ ।
विद्यालय शिक्षा पश्यात विश्वविद्यालयहरुमा छात्रवृत्ति तथा प्रवेश र सुविधा सम्पन्न रोजगारी सफल जीवनको निम्ति मार्गनिर्देशन गर्नुहुने विद्यालयका सल्लाहकारहरुलाई स्मरण गरौँ ।
नमस्ते एकेडेमी वास्तवमै प्रगतिको निम्ति उत्तम ठाउँ हो ।